९ औं बुटवल श्री अन्तर प्रदेश न ४ र ५ स्तरीय प्रतियोगिता-२०७६ हुने

by समतल अनलाइन

बुटवल। रुपन्देही जिल्ला शारीरिक सुगठन तथा फिटनेश संघ बुटवलको आयोजनामा फाल्गुनकाे अन्तिम हफ्ता नवाैं बुटवल श्री अन्तर प्रदेश न ४ र ५ स्तरीय प्रतियोगिता –२०७६ हुने भएको छ ।

कान्ति मा वि को सभाहलमा हुने प्रतियोगितामा पाेखरा, नेपालगंज, दाङ, पाल्पा, रुपन्देही, नवलपरासी र कपिलबस्तुका खेलाडिहरुको सहभागिता हुने आयोजकले बताएको छ । आयोजकले प्रतियोगिताको तयारी सुरु भएको बताएको छ । रुपन्देही जिल्ला शारीरिक सुगठन तथा फिटनेश संघ बुटवलका अध्यक्ष सितु प्रसाद श्रेष्ठले स्वच्छ जीवनका लागि प्रतियोगिताको आयोजना गरिएको बताए ।
उनले युवाहरु लागू पदार्थको दुर्व्यसनमा फस्ने भएको त्यस्ता युवाहरुलाई यस खेल तर्फ आर्कषित बनाउँदै दुव्र्यशनमुक्त समाजको निर्माणका लागि प्रतियोगिताको आयोजना गरिएको बताए । करिव ६ लाख ५० हजार खर्च हुने अनुमान गरिएको प्रतियोगितामा विजेताले नवाैं श्री बुटवल–२०७६ को उपाधि सहित नगद ५० हजार प्राप्त गर्नेछन् ।

प्रतियोगितामा पाँच वटा बजन समुहमा हुने बताइएको छ । ५५, ६०, ६५, ७० र ७० के.जी भन्दा बढि तौल समुहमा प्रतियोगिता हुनेछ । प्रिजजिङ्ग चरणबाट प्रत्येक तौल समूहबाट ६/६खेलाडी छनोट गरि फाईनल चरणको लागि खेलाडी चयन गरिने छ । फाईनल चरणमा प्रत्येक समूहबाट पहिलो हुने खेलाडीहरुले टाईटल स्पर्धा बुटवल श्रीको लागि प्रतिस्पर्धा गर्नेछ साथै प्रतियाेगिताका लागि प्रायाेजक सह प्रायाेजककाे खाेजी भईरहेका आयाेजकले वताए ।
फाल्गुन अन्तिम हफ्ता अगाडि नै रुपन्देही जिल्ला खेलकुद विकास समिति बुटवलमा नाम दर्ता गर्न ईच्छुक खेलाडिलाई आबह्न गरेको छ ।
प्रतियोगितामा म्युजिक राउडमा प्रत्येक खेलाडिले बढिमा १ मिनेट समय सम्मको धुनमा आफ्नो ऐच्छिक आसन देखाउने पाईने नियममा उल्लेख गरिएको छ । प्रत्येक बजन मसुहमा प्रथम हुने खेलाडिलाई नगद ५ हजार सहित मेडल, प्रमाणपत्र बाट सम्मानित गरिने आयोजकले बताएको छ । त्यस्तै अल ओभर विजेतालाई नगद ५० हजार सहित मेडल प्रमाणपत्र बाट सम्मानित गरिनेछ ।

०६५ सालमा भएको प्रथम बुटवल श्री मा विकाश चौधरी, ०६८ सालमा भएको दोस्रो बुटवल श्रीमा शेर बहादुर खाम्चा, ०७० सालमा भएके तेस्रो बुटवल श्रीमा विनोद बज्राचार्य र ०७२ सालमा भएको चौथो बुटवल श्रीमा विजेन्द्रमान श्रेष्ठ विजेता भएका थिए ।यसैगरी ०७३ पाचौं बुटवल श्री र ०७४ काे छैठाैं बुटवल श्री ताराबहादुर थापाले २०७५ सातैं बुटवल श्री चन्द्रमान श्रेष्ठले र २०७५ मा नै अाठाैं बुटवल श्री विनोद सुनारले जितेका थिए ।

 
 
  
 

You may also like