वार्षिकोत्सवको अवसरमा ग्यालेक्सी बोर्डिंङ्ग स्कुलमा विविध कार्यक्रम

by समतल अनलाइन

सैनामैना। सैनामैनाको ग्यालेक्सी बोर्डिङ स्कुलको २७ औ बार्षिकउत्सवको अवसरमा खेलकुद कार्यक्रम आयोजना गरिएको छ । खेलकुद कार्यक्रम आजबाट औपाचारिक रुपमा सुरु गरिएको हो ।
उद्घाटन समारोहकलाई सम्बोधन गर्दै बिधालय ब्यवस्थापन समितिका अध्यक्ष जिवनबन्धु सेवानीले ग्यालेक्सी बिधालय सैनामैनामै पृथ्क बिधालय रहेको बताएका थिए । बिधार्थीलाई किताबी ज्ञान संगै खेलकुदमा पनि अग्रसर गराउनु आवश्यक रहेकोले खेलकुद कार्यक्रम राखिएको बताए । हरेक क्षेत्रमा आजको बिधार्थी अग्रसर हुनु पर्ने बताउदै सेवानीले बिधालयमा समय समयमा बिभिन्न गतिबिधि संचालन गर्दै आएको बताए ।
कार्यक्रममा बिधालयका प्राचार्य प्रकाश भट्टाराईले राष्टीय स्तरमै खेलाडीले देशको नाम विश्वमा नै परिचित गराएको बताउदै सबै बिधार्थीहरु खेलकुदमा सहभागी हुनुपर्ने बताएका थिए ।
५ दिन सम्म संचालन हुने खेलकुद कार्यक्रममा फुटवल,भलिबल,क्रिकेट,ढौड,लगायतका बिधाका खेल संचालन हुने खेल संयोजक भिम थापाले जानकारी गराए ।
कार्यक्रममा बिधालयका सहप्राचार्य राज उपाध्यायको स्वागत तथा शिक्षक राजेन्द्र गैरेको संचालनमा कार्यक्रम संम्पन्न भएको थियो ।

 
 
  
 

You may also like