चलचित्र विकास बोर्डका अध्यक्ष भट्टराईको निधन

by समतल अनलाइन

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको गएराती निधन भएको छ । उनको राती १० बजेर २० मिनेटमा निधन भएको हो ।

हृदयघातका कारण उनको निधन भएको आशंका गरिएपनि के कारण निधन भयो भन्ने बारेमा खुल्न सकेको छैन । राती एक्काशि विरामी भएपछि उनलाई उपचारका लागि ओम अस्पताल लगिएको थियो । तर अस्पताल पुर्याउँदा पुर्याउँदै उनको बाटैमा निधन भएको हो ।

नेपाली चलचित्र क्षेत्रका वरिष्ठ निर्माता तथा कलाकार भट्टराईले निर्माण गरेको पछिल्लो चलचित्र ‘यात्रा’ हो । उनले निर्माण गरेका थुप्रै चलचित्रले समाजमा राम्रो छाप छोडेका छन् भने व्यापार पनि उल्लेख्य गरेका छन् । एक बर्ष अघि उनी चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्त भएका थिए । उनको निधनले नेपाली चलचित्र उद्योगमा अपूरणिय क्षति पुगेको छ ।उनको निधनका बारेमा थप विवरण आउन बाँकी छ ।

 
 
  
 

You may also like