प्रदेश ५ः नाम र राजधानीबारे बन्यो प्रतिवेदन – सोमबार सभामुखलाई बुझाईने

by समतल अनलाइन

बुटवल। प्रदेश ५ को नाम र स्थाई राजधानी प्रदेश सभालाई सिफारीस गर्न बनेको विषेश समितिले प्रतिवेदन तैयार पारेको छ । ०७५ साउनमा तिन महिनाको समयावधी भित्र नामाकरण र राजधानीको विषयमा सिफारीस प्रतिवेदन बनाउन गठन भएको विषेश समितिले तिन पटकको म्याद गुज्रीनै लाग्दा प्रतिबेदन तैयार पारेको हो ।
समितिका संयोजक दिपेन्द्र कुमार पुन मगरले आईतबार बसेको समितिको बैठकलले प्रतिवेदनलाई अन्तीम रुप दिएको र सोमबार प्रदेश सभामुख पूर्णबहादुर घर्तिलाई बुझाईने बताए । ‘आज बसेको समितिको बैठकले भोली सभामुखलाई प्रतिवेदन बुझाउने निर्णय गरेको छ ।’ उनले भने । यद्यपी नाम र राजधानीबारे भने उनि खुल्न चाहेनन् । ‘सभामुखले प्रदेश सभामा छलफलका लागि प्रस्तुत नगर्दासम्म हामीले केही बोल्न मिल्दैन ।’ उनले भने ।
दोस्रो पटक म्याद गुज्रेपछि तेस्रो पटक थप भएको ६ महिनाको अन्तीम दिन सोमबार (मंसिर ३०) प्रतिवेदन प्रदेश सभामुखलाई बुझाउन लागेको हो । प्रदेशका बाह्रवटै जिल्लामा पुगेर लिइएका राय सुझाव र विज्ञहरु सम्मिलित उपसमितिले दिएको प्रतिवेदनका आधारमा प्रतिवेदन तैयार पारिएको विषेश समितिका संयोजक पुनले जनाए ।
भारतको चण्डिगढ सहरको अध्ययन पश्चात फर्के लगत्तै आइतबार बसेको समितिको बैठकले प्रदेशको नामाकरण र राजधानीको विषयमा प्रतिवेदनलाई अन्तीम रुप दिएको हो । २०७५ साउनमा प्रदेश ५ को नामाकरण गर्न र स्थायी राजधानी तोक्ने प्रयोजनको लागि प्रदेश सभा नियमावली २०७४ (संशोधनसहित) को नियम १५२ मा व्यवस्था भएअनुसार बनेको विषेश समितिमा १५ सदस्य छन् ।

 
 
  
 

You may also like