बेल्चा लिएर मन्त्री आफै जब फिल्डमा निस्किए

by समतल अनलाइन
50Shares

काठमाडौँ । ऊर्जा, भौतिक योजना र शहरी विकास मन्त्री कुलमान घिसिङले देश निर्माणका लागि एकजुट भएर अघि बढ्न आह्वान गरेका छन् । संविधान दिवसको अवसरमा “हाम्रो ठाउँ, हामी बनाऔँ” भन्ने नाराका साथ सञ्चालित पुनर्निर्माण अभियानअन्तर्गत मीनभवनस्थित यातायात व्यवस्था विभागको सरसफाइ गर्ने क्रममा उनले यस्तो आव्हान गरेका हुन् ।

शुक्रबार, बेल्चा लिएर फिल्डमा उत्रिएका मन्त्री घिसिङले यातायात व्यवस्था विभाग परिसरमा गरिएको सरसफाइको नेतृत्व गरेका हुन् । सो सरसफाइ कार्यमा उनलाई २५–३० जना युवाहरूको समूहले साथ दिएका थिए ।

सरसफाइपछि प्रतिक्रिया दिँदै मन्त्री घिसिङले भने, “जेनजी आन्दोलनका क्रममा क्षति भएका पूर्वाधारहरूलाई हामी आफैँ बनाउँछौँ भन्ने अभियानको नेतृत्व गर्न आवश्यक छ।” उनले थपे, “देशभर यो अभियान चल्नेछ, जसमा हामी सबैको योगदान महत्त्वपूर्ण हुनेछ।”

उनले आन्दोलनका क्रममा प्रारम्भिक अनुमान अनुसार करिब दुई खर्ब रुपैयाँभन्दा बढीको आर्थिक क्षति भएको बताए । क्षति भएका संरचनाको पुनर्निर्माणका लागि कोष स्थापना गरिएको उनको भनाइ छ । यस कार्यमा देश विदेशमा रहेका नेपालीहरूको सहयोगको आवश्यकता रहेको उनले बताए ।

साथै मन्त्री घिसिङले विदेशमा रहेका नेपालीहरूको मताधिकारको लागि सरकार प्रतिबद्ध रहेको बताए। साथै, छिटै मन्त्रिपरिषद् विस्तार गर्न प्रधानमन्त्रीले आन्तरिक छलफल गरिरहेको जानकारी दिए ।

You may also like

This will close in 0 seconds