संबिधान नेपाली जनताको भाग्य मार्गदर्शन गर्ने दस्तावेज हो- प्रधानमन्त्री कार्की

by समतल अनलाइन
44Shares

काठमाडौँ । प्रधानमन्त्री सुशिला कार्कीले वर्तमान संबिधान नेपाली जनताको भाग्य मार्गदर्शन गर्ने दस्तावेज भएको बताएकी छन् ।

टुँडिखेलमा आयोजित संबिधान दिवसको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले संबिधान दिवस केवल उत्सव मात्र नभएर संघीय गणतन्त्रको मुल्यांकन गर्ने दिन पनि भएको बताएकी छन् ।

उनले भनिन्- वर्तमान संबिधान नेपाली जनताको भाग्य मार्गदर्शन गर्ने दस्तावेज हो । संबिधान दिवस केवल उत्सव मात्र नभएर संघीय गणतन्त्रको मुल्यांकन गर्ने दिन पनि हो । १० बर्षमा देशमा के के उपलब्धि भए, के के कमजोरी भए भन्ने कुराको समिक्षा हुनुपर्दछ । सरकारबाट भएका कमीकमजोरीका कारण जेनजी आन्दोलनको जन्म भएको भन्दै भ्रष्टाचार, सुशासन, विकास र न्यायमा चुकेका कारण युवाहरु सडकमा आएका हुन् ।’

प्रधानमन्त्री कार्कीले तोकिएको जिम्मेवारी अनुसार निर्वाचन सम्पन्न गरेर नयाँ निर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्ने स्पष्ट गरेकी छन् ।

उनले जेनजी आन्दोलनले शासकीय सुधारको माग गरेको बताइन् । उनले आन्दोलनका क्रममा भएका क्षतिको पुनर्निर्माण गर्ने, निजी क्षेत्रको हौसला बढाउनु पर्ने र तोकिएको समयमा निर्वाचन गर्नुपर्ने जस्ता काम गर्नुपर्ने जिम्मेवारी रहेको छ ।

उनले सरकार आफ्ना जिम्मेवारीप्रति कटिबद्ध रहेको भन्दै आम जनतापनि आफ्नो कर्तव्यमा प्रतिबद्ध हुनेमा आफु विश्वस्त रहेको बताएकी छन् ।

You may also like

This will close in 0 seconds