45
काठमाडौं । मानव बेचबिखन तथा ओसारपसार मुद्दामा ‘इन्टरपोल’ बाट ‘रेड नोटिस’ जारी भएका फरार प्रतिवादी सुर्खेत भेरीगंगा नगरपालिका–२ सप्तरी समाझिङ्घाका कृष्ण सुनारलाई कुवेतमा पक्राउ गरेर स्वदेश ल्याइएको छ ।
कुवेतको राष्ट्रिय अपराध अनुसन्धान विभागसँगको समन्वयमा उनलाई पक्राउ गरेर बुधबार स्वदेश ल्याइएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । उनलाई कसुरबमोजिम कानूनी कारवाहीको लागि सुर्खेतस्थित जिल्ला प्रहरी कार्यालयमा बुझाइने छ ।