58
बुटवल। कम्प्युटर एसोसिएसन नेपाल महासंघ रुपन्देही (क्यान)रुपन्देही र तिलोत्तमा स्थित क्रिमसन हस्पिटलबीच उपचार खर्चमा १०% छुट दिने सम्झौता भएको छ।
सम्झौतामा क्यान महासंघ रुपन्देहीका अध्यक्ष जीवन अधिकारी, सचीव सुरेशचन्द्र भट्टराई, कार्यसमिति सदस्य संजय पाण्डे, क्रिमसन हस्पिटलका अध्यक्ष दुर्गाप्रसाद पाण्डे र अस्पताल प्रशासन प्रमुखको उपस्थिति रहेको थियो।
यो सम्झौतापछि क्यान महासंघ रुपन्देहीका सदस्यहरूले क्रिमसन हस्पिटलमा उपचार गराउँदा १०% छुट पाउने छन्।