बुटवलमा आजबाट प्रथम रानीगंज सांस्कृतिक तथा ब्यापार महोत्सव शुरू

by समतल अनलाइन

बुटवल । बुटवलमा आजबाट प्रथम रानीगंज सांस्कृतिक तथा ब्यापार महोत्सव २०८० शुरू भएको छ । बुटवल १७ रानीगंज खेलमैदानमा आयोजित महोत्सवको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय गमलामा पानी संचाइ गरेर शुभारम्भ गरे ।

सो अबसरमा बोल्दै नगरप्रमुख पाण्डेयले बुटवलको रानीगंजले मुहार फेर्ने बताए । मेलाकै कारण यो क्षेत्र चलायमान भएको भन्दै उनले मोतिपुर औद्योगिक क्षेत्र निर्माणले मोतिपुरक्षेत्रका स्थानीयलाइ मनग्य फाइदासहित रोजगारी प्रदान गरिने उल्लेख गरे । उनले आफ्नै कार्यकालमा बुटवलको मुहार बदलेर देखाउने प्रतिबद्धता दोहोर्याउनुभयो ।उहाँले रानीगंंजको प्रथम मेला सफलताको कामना समेत गरे ।

सो अबसरमा बुटवल १५ का वडाध्यक्ष शिब राना,१७ का वडाध्यक्ष ज्ञानबहादुर रेश्मी, आमा समुहको तर्फबाट माया भण्डारी,क्लवका अध्यक्ष राम दर्जी,सचिव अनिल सुनार लगायतले बोल्दै मेला सफल हुने बिश्वास ब्यक्त गरे ।

मेला शिव टाउन यूथ क्लब बुटवल १७ को आयोजनामा शुरु भएको हो भने मेला असोज २३ गतेसम्म चल्ने मेला व्यवस्थापक भीम खत्रीले जानकारी दिए ।

अकला एम्युज्मेन्ट कम्पनी प्राविको व्यवस्थापन तथा थारु सांस्कृतिक संरक्षक समिति बुटवल १७ को विशेष सहयोग तथा बुटवल उपमहानगरपालिका वडा नम्बर १७को संरक्षकत्वमा महोत्सव गरिएको उद्घोषक बिकास भट्टराइले बताए ।

रानिगन्ज जाऔँ राष्ट्रिय कलाकार सँगै रमाऔँ भन्ने नाराका साथ सञ्चालन हुन महोत्सवमा महानायक राजेश हमालदेखि लिएर ४० जना राष्ट्रिय कलाकार तथा स्थानीय कलाकारको प्रस्तुती रहनेछ ।

महोत्सव सञ्चालन गर्न ४० लाख खर्च लाग्नेछ भने ५० लाखको कारोबार साथै ३० हजार भन्दा बढिले मेला अवलोकन गर्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ । मेलामा १ सय भन्दा बढि स्टल रहेका छन् उद्घाटन पूर्व सो स्थानमा बाजागाजासहित र्‍याली निकालिएको थियो ।

 

 
 
  
 

You may also like