बुटवल। बुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा हरि प्रसाद अर्यालको प्यानलले उम्मेदवारी घोषणा गरेको छ। शुक्रबार बुटवलमा एक कार्यक्रमका बीच अध्यक्षमा हरि प्रसाद अर्याल सहित सम्पूर्ण प्यानलको उम्मेद्वारी घोषणा गरिएको हो।
अर्यालको अध्यक्षतामा वरिष्ठ उपाध्यक्ष टंक प्रसाद गैरे, उद्योग उपाध्यक्षमा सुरज भट्टराई, वाणिज्य उपाध्यक्षमा बिमलराज भट्टराई (श्रेष्ठ प्यानलमा खुलेका), महासचिवमा मुक्ति अधिकारी, कोषाध्यक्षमा बसन्त प्रसाद ढकाल, सचिवमा भेषराज गैरे तथा सह-कोषाध्यक्षमा धनाकुमारी खनाल रहनेगरी उमेद्वारी घोषणा गरेका छन् ।
दिनेश प्रसाद श्रेष्ठ प्यानलमा समेत वरिष्ठ उपाध्यक्षको उमेद्वारका रुपमा खुलेका टंक प्रसाद गैरे र वाणिज्य उपाध्यक्षमा खुलेका विमल भट्टराई पनि आर्याल प्यानलले आफ्नो समुहमा राखेको छ । घोषणा सभामा अर्याललाई समर्थन गर्दै पूर्व अध्यक्षहरु महेशमान सिंह र खेम हमाल पनि उपस्थित भएका थिए ।
कार्यक्रममा अध्यक्ष पदका उम्मेदवार अर्यालले आफ्नो प्रतिवद्धता जनाउँदै बुटवललाई पहिलेकै अवस्थामा फर्काएर आर्थिक शहरको रुपमा बिकास गरिने उल्लेख गरे।
यस्ता छन् प्रतिबद्धता
बुटवल उपमहानगरपालिकासँगको सहकार्य
क. मुख्य बजार क्षेत्रभित्र रहेको पार्किङको समस्यालाई उपमहानगर, बार्ड समिति र टोल विकास संस्थासँग समन्वय गरी समाधान खोज्न प्रयत्न गर्ने ।
ख. बुटबलको घट्दो व्यापारलाई दृष्टिगत गर्दै उपमहानगरपालिकाले लिँदै आएको व्यबसाथ करको दर घटाउन प्रयत्न गर्ने । यसरी घटाउँदा कम हुन आउने रकम उपमहानगरभित्र व्यवसाय करको दायरामा नआएका व्यवसायीलाई करको दायरामा ल्याई नियमित स्रोतको सुनिश्चितताको प्रयत्न गर्ने ।
ग. सहरी सौन्दर्यका लागि बजार क्षेत्र भित्रका कालोपत्रे सडकहरूमा जेब्राक्रसिङ, सडकको सेन्टर लाइनमा एल्लो लाइन लगाई सड़क शृशर गराई आकर्षक बनाउन प्रयत्न गर्ने ।
ध, २०७२ को भूकम्प, नाकाबन्दी र कोभिडपछिको विश्व अर्थतन्त्रमा आएको मन्दीका कारण नेपाली अर्थतन्त्र र बजारमा देखिएको सुस्तताका कारण उपमहानगरले लिँदै आएको एकीकृत सम्पत्ति कर र बहाल करको मूल्याङ्कन र दरको मापदण्ड बनाई पुनर्मूल्याङ्कन गराएर समय सापेक्ष बनाउन प्रयत्न गर्ने ।
ड. सडकमा देखिने छाडा चौपायाको व्यवस्थापनमा सहकार्य गर्ने ।
च. बुटवल उपमहानगर र बुटवल उद्योग वाणिज्य सङ्घ सञ्चालकका रूपमा सहभागी हुने विभिन्न सहसंस्था र शिक्षण संस्थाहरूमा विश्वासिलो सहकार्य गर्ने ।
२. कर तथा राजस्व सम्बन्धमा
संघीय सरकार मातहत रहने आन्तरिक राजस्व कार्यालय, राजस्व अनुसन्धान र भन्सार कार्यलयसँग समन्वय गरी व्यवसायमैत्री वातावरण निर्माण गर्न प्रयत्न गर्ने
छोटो दुरी र एउटा निश्चित रकमसम्मको मालवस्तुको खरिद विक्रीमा विलसँगै VCTS गर्ने पर्ने बाध्यात्मक व्यवस्थाको सहजीकरणको तत्काल प्रयत्न गर्ने ।
कर, राजध र भन्सारका अधिकृतहरूसँग सङ्घका पदाधिकारी, सदस्य तथा अन्य व्यवसायीको नियमित
भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गरी सरकारले अवलम्बन गर्ने नयाँ नयाँ नीतिको नियमित रूपमा
जानकारी गराउने ।
एक दिन मात्र पनि ढिला हुँदा शतप्रतिशत जरिवाना लिने सरकारी प्रबन्धको संशोधनका लागि पहल
र प्रयन गर्ने । ३. तत्काल मोतीपुर औद्योगिक क्षेत्रको पूर्वाधार विकासका लागि पहल गर्न सम्बन्धित निकायलाई
दबाब दिने र उच्च तहको सर्वपक्षीय भेला बोलाउने ।
४. अर्थ मन्त्रालयले अवलम्बन गर्ने कर राजस्व नीति र नेपाल बैंकले हरेक वर्ष जारी गर्ने मौद्रिक नीति साना तथा मझौला व्यवसायमैत्री भए नभएको अध्ययन गरी सुधारको लागि नेपाल उद्योग वाणिज्य महासङ्गमार्फत प्रयत्न गर्ने ।
५. उद्योग र व्यापार क्षेत्रका विशिष्टीकृत समस्याको पहिचान र निधानका लागि सम्बन्धित क्षेत्रका विज्ञ र सरोकारवाला व्यवसायी विच नियमितः अन्तरक्रियात्मक कार्यक्रम गर्ने ।
६. पछि तिन वर्ष यताको दर रेटमा २०० प्रतिशतभन्दा बढीले वृद्धि भएको छ विमा प्राधिकरण र अर्थमन्त्रालय विच समन्वय गरी समय सापेक्ष गर्न विशेष पहल गर्ने ।
७. भन्सार कार्यालयहरुबाट रु. १००/- भन्दा बढीको मालवस्तुको आयातमा लाग्दै आएको भन्सार महशुललाई निरन्तरताको लागि निरन्तर खवरदारी गर्ने ।
८. विद्युतको ३ फेश लाईनको जडानमा हुने झन्झटिलो प्रक्रिया र क्रोनिक बनेको टूव लाईनको समस्यालाई व्यवसायीको पक्षमा हुने गरी सहजीकरण गर्न प्रयत्नन गर्ने ।
९. सञ्चालनमा आइसकेको बुटवल-बसन्तपुर केबुलकार र सञ्चालनको संघारमा रहेको बुटवल
नुवाकोटको केबुलकार सञ्चालनले नेपालको आन्तरिक पर्यटकीय गन्तव्यको रूपमा बुटवललाई स्थापित गराउन देशभर रहेका जिल्ला नगर उद्योग वाणिज्य सङ्घहरूमार्फत बुटबल जाऔँ अभियान सञ्चालनमा साथ दिन आव्हान गर्ने । १०. लुम्बिनी प्रदेशको मुकाम बुटवलबाट राप्ती उपत्यकामा स्थान्तरण भएता पनि प्रदेश सरकारका
महत्त्वपूर्ण विभाग तथा निर्देशनालय स्थापना गर्न पहल प्रयत्न गर्ने ।
११. बुटवल बजार क्षेत्रभित्रका व्यवसायीहरूको ढुवानीका कारण उत्पन्न समस्याको सहजीकरण गर्न प्रयत्न गर्ने ।