बाल दिवसमा एभरेष्टद्वारा शैक्षिक सामग्री तथा खाद्यान्न सहयोग

by समतल अनलाइन

बुटवल। बुटवल–८, सुख्खानगरमा अवस्थित एभरेष्ट इङ्लिस बोर्डिङ माध्यमिक विद्यालयमा बाल दिवस–२०८० को अवसरमा विविध कार्यक्रम सम्पन्न भएका छन् । जसअन्तर्गत विद्यालयले बुटवल ७, दीपनगरको निलकण्ठ बाबाधामको परिसरमा अवस्थित श्री सन्तोषीमाता गुरुकुल विद्याश्रममा रहेका करिब ६० जना बटुक विद्यार्थीहरुलाई शैक्षिक सामग्री तथा खाद्य साम्रगी वितरण कार्यक्रम सम्पन्न भएको थियो ।

विद्यालयका सहप्राचार्य भीमसेन गौतमको सभापतित्व, प्राचार्य कृष्ण न्यौपानेको प्रमुख आतिथ्य, विद्याश्रमका अध्यक्ष चुरामणि पौडेल, वेदाचार्य माधव भट्टराई, विद्यालयका लेखा अधिकृत ठाकुरप्रसाद ज्ञवालीको आतिथ्य र विद्यालयको जुनियर रेडक्रस सर्कल र शिक्षक नायक अशोक ज्ञवालीको संयोजकत्वमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन विदुषी गौतमले गर्नुभएको थियो । सो अवसरमा बोल्दै विद्यालयका प्राचार्य न्यौपानेले सामाजिक दायित्व वहन गर्नकालागि आगामी दिनमा यस्ता किसिमका कार्यहरुलाई निरन्तरता दिइने कुरा बताउनुभएको थियो ।

बाल दिवसकै अवसर पारेर कक्षा १ देखि ३ सम्मको तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न भएको छ । जसमा कक्षा १ बाट निर्जा पछाई प्रथम, जेनिसा भण्डारी द्वितीय र काव्या अर्याल तृतीय, कक्षा २ बाट युवानी भट्टराई प्रथम, सभ्यता थापा द्वितीय र युविका राना तृतीय र कक्षा ३ बाट प्राची पुन प्रथम, अनुस्का पाण्डे द्वितीय र प्रिन्सा घिमिरेले तृतीय स्थान प्राप्त गरेका थिए । त्यस्तै कक्षा ४ देखि १० सम्मका सम्पूर्ण विद्यार्थीहरुको सहभागिता रहने गरी ट्यालेन्ट शो प्रतियोगिता सम्पन्न भएको छ । जसअन्तर्गत विद्यार्थीहरुले आफ्नो इच्छा र रुची अनुसारको जुनसुकै प्रतिभालाई प्रस्फुटन गरेका थिए भने कक्षा प्ले गु्रपदेखि युकेजीसम्मका पनि विभिन्न मनोरन्जनात्मक खेलकुदका कार्यक्रमहरु सञ्चालन भएका थिए ।

मदन नेपाली र सृष्टि सिर्पालीको निर्णायकत्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

 
 
  
 

You may also like