संसद अवरुद्ध हुँदा तलब–भत्ता नलिऊँ : सांसद पौडेल

by समतल अनलाइन

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस सांसद प्रदीप पौडेलले सदन कार्यसूचीमा प्रवेश नगरेको दिनको तलब भत्ता नलिने व्यवस्था गर्न माग गरेका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा पौडेलले उक्त प्रस्ताव गरेका हुन् ।

‘अब कार्यसूचीमा प्रवेश नगरेको दिन बैठकको पारिश्रमिक भत्ता नलिने गरौँ,’ पौडेलले भने, ‘कार्यसूचीमा प्रवेश नगरको दिन कुनै पनि सुविधा प्रप्त नहुने भनेर नियम बनाइयोस् ।’

 
 
  
 

You may also like