सुन तस्करी प्रकरणका थुनुवाहरु थप सात दिन हिरासतमै रहने

काठमाडौं । एक क्वीन्टल सुन तस्करी प्रकरणमा थुनामा रहेकाहरूलाई जिल्ला अदालत काठमाडौंले थप सात दिन हिरासतमा राख्न अनुमति दिएको छ । यो प्रकरणको सुरुमा राजस्व अनुसन्धान विभागले अनुसन्धान गरेको थियो भने अहिले प्रहरीको सीआईबीले गरेको छ ।

सीआईबीले म्याद थपका लागि आज उनीहरूलाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएको थियो । यो प्रकरणमा चिनियाँ, भारतीय र नेपाली गरी १९ जना पक्राउ परेका छन् । त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको सुन २ साउनमा राजस्व अनुसन्धान विभागले सिनामंगल क्षेत्रबाट बरामद गरेको थियो । सो मुद्दामा सीआईबीले एसपी सञ्जयसिंह थापालाई अनुसन्धान अधिकृत तोकेर अनुसन्धान गरिरहेको छ ।

 
 
  
 

You may also like