विपि स्मृति दिवसमा बृक्षराेपण : संरक्षणमा जाेड

by समतल अनलाइन
Shares

विपि स्मृति दिवसकाे अवसरमा नेपाली काँग्रेस रुपन्देहीले बृक्षराेपण गरेकाे छ । नेपाली काँग्रेसका संस्थापक नेता महामानव विश्वेश्वरप्रसाद कोइरालाको ४१ औं स्मृति दिवसकाे अवसरमा तिलाेत्तमा नगरपालिका वडा नं. ११ भूपु सैनिक स्थित सुखाैरा हरियाली सामुदायिक बन उपभाेक्ता समिति भवन निर्माणस्थलमा बृक्षराेपण गरेकाे हाे ।

बृक्षराेपण कार्यक्रममा बाेल्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सभा सदस्य अब्दुल रज्जाकले काँग्रेस कमजाेर हुँदा देशकाे भविश्य पनि अन्याैल देखिएकाे बताउनु भयाे । उहाँले देशमा जति नयाँ पार्टी आएपनि देश बनाउने मामिलामा काँग्रेस जस्ताे अब्बल र सक्षम काेही पनि नभएकाे बताउँदै देशकाे भविश्यसँग जाेडिएकाे नेपाली काँग्रेसलाई सबै एकजुट भएर अगाडि बढाउनु पर्ने बताउनु भयाे ।

त्यस्तै सार्वजनिक लेखा समितिका पूर्व सभापति तथा पुर्वराज्यमन्त्री भरतकुमार शाहले गटउपगुटका नाममा पार्टी कमजाेर हुँदै गएकाे बताउदै पार्टीलाई बलियाे बनाउनकाे लागि गुटउपगुटकाे अन्त्य हुनुपर्ने भनाई राख्नुभयाे ।

नेपाली काँग्रेस रुपन्देहीका सभापति तथा तिलाेत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणले नेपाली काँग्रेस बलियाे हुदा मुलुककाे लाेकतन्त्र, संविधान पनि बलियाे हुने बताउदै पार्टीका नेता कार्यकर्ता र आम नागरिककाे भविश्यकाे लागि पनि गुट उपगुट त्यागेर पार्टी बनाउन सबै लाग्नुपर्ने बताउनु भयाे ।

कार्यक्रममा नेपाली काँग्रेस रुपन्देहीका पूर्व सभापति रामचन्द्र ढकाल, लुम्बिनी प्रदेश सलस्य तथा महासमिति सदस्य बालकुमारी भण्डारी, बन तेजबहादुर कुवँर, जिल्ला सचिव परमानन्द भट्टराई, हरीप्रसाद काफ्ले लगायतले विपिले ल्याएकाे प्रजातान्त्रिक समाजवाद र देखाएकाे बाटाेबाट अहिले नेताकार्यकर्ता विचलित भएकाे बताउँदै त्यसलाई सुधार गर्नु पर्नेमा जाेड दिनुभएकाे थियाे । त्यस्तै विपि स्मृति दिवसमा हरेक वर्ष वृक्षराेपण गरिएपनि राेपिएका विरुवाकाे संरक्षणमा ध्यान नदिएकाे बताउदै राेपिएकाे विरुवाकाे संरक्षणमा जाेड दिईएकाे थियाे ।

You may also like

This will close in 0 seconds