पाँच प्रदेशका पहाडी भू–भागमा वर्षा, काठमाडौंसहित देशका धेरै ठाउँमा तुवाँलो

काठमाडौं । स्थानीय र पश्चिमी वायुको आंशिक प्रभावका कारण आज (मंगलबार) देशका केही भागमा वर्षाको सम्भावना रहेको मौसमविदले जनाएका छन् ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रहने छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहने छ ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका थोरै स्थानमा तथा वागमती र कोशी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

तराईका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको छ । उपत्यकालगायत देशका धेरै भू–भागमा तुवाँलोको सम्भावना रहेको छ । विभागले आज राति देशका पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने छ ।

 
 
  
 

You may also like