घट्यो सुनचाँदीको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको भाउ आज ६ सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ६ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ८ हजार रुपैयाँ पुगेको छ ।

तेजाबी सुन १ लाख ७ हजार ५०० रुपैयाँ तोकिएको छ । सुनको मूल्य घटेसँगै चाँदी पनि घटेको छ । चाँदी २० रुपैयाँले घटेर प्रतितोला १३ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला १४ सय १० रुपैयाँमा कारोबार भएको थियो ।

 
 
  
 

You may also like