भारतिय हेपाह प्रवृति विरुद्ध कांग्रेस रुपन्देहीको विरोध

by समतल अनलाइन

बुटवल । भारतले भर्खरै नेपाली भुःभागलाई समेत समेटेर नक्सा सार्वजनिक गरेको विषयमा नेपाली कांग्रेस रुपन्देही रुपन्देहीले घोर विरोध र भत्सर्ना गरेको छ ।नेपालको अभिभाज्य भुमि कालापानी, लिपुलेक, लिम्पिया धुरा लगायतको भुगोललाई भारतले आफ्नो नक्सामा पार्नु गंभिर आपत्तीजनक भएको ठहर जिल्ला कार्य समितिको शनिबार भैरहवामा बसेको बैठकमा गरेको हो । वैठक पछि जिल्ला सभापती अब्दुल रज्जाकद्धारा जारी विज्ञक्तीमा भारतिय हेपाह र मिचाह प्रबृतिको डटेर विरोधमा उत्रिन कार्यकर्ताहरुलाई अपिल गरिएको छ ।

साथै विज्ञक्तीमा राष्ट्रियता, राष्ट्रिय स्वाधिनता र राष्ट्रिय अखण्डताको सवालमा दलगत स्वार्थ भन्दा माथी उठेर प्रतिवाद गर्न र प्रभावकारी कुटनितिक पहलका लागि सक्रियता देखाउन सरकारसंग आग्रह गरिएको छ । राष्ट्रियताको सवालमा सबै नेपाली एक ठाउमा उभिनुपर्ने भन्दै त्यसका लागि सरकारले जनताको भावना र चाहना अनुसार कदम चाल्न अपिल गरेको विज्ञक्तीमा उल्लेख छ ।पार्टि सभापती अब्दुल रज्जाकको अध्यक्षता र सचिव रामकृष्ण खांणको संचालनमा बसेको बैठकले भारतले नक्सा नसच्चाउदा सम्म अविछिन्न आन्दोलन जारी राख्ने निर्णय समेत गरेको छ ।

 
 
  
 

You may also like