विमान दुर्घटनामा मृत्यु भएकाहरुको सम्झनामा पहिलो पाइला बुटवलद्वारा दिप प्रज्वलन

by समतल अनलाइन

बुटवल । पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनामा परी मृत्यु भएकाहरुको सम्झनामा आज बुटवल ९ मिलनचोकमा दीप प्रज्वलन गरिएको छ ।

पहिलो पाइला नेपाल बुटवल शाखाको आयोजना मा भएको कार्यक्रम को अध्यक्षता सस्था का अध्यक्ष पारस मरासिनी , कार्यक्रम को प्रमुख अतिथी सल्लाहकार गंगाधर न्यौपाने र आथित्यता पहिलो पाइला नेपाल पाल्पा शाखा अध्यक्ष कृष्ण महत ले गर्ने भएको थियो भने कार्यक्रम को संयोजक निर्मल बेल्बासे ले गर्नु भएको थियो । कार्यक्रम को सहजीकरण शाखा कि का. सचिब गोमा भट्टराई ले गर्नु भएको थियो ।

आइतबार काठमाडौंदेखि पोखराका लागि उडान लिएको यती एयरलाइन्सको एटिआर विमान 9N-ANC मा दुर्घटनामा परि चालक दलका ४ जना सहित सवार ७२ जना सबैको निधन भएको थियो ।

उक्त विमान दुर्घटनामा परेका दिवाङ्गत आत्माहरुको चिर शान्तिको कामना गर्दै मृतकहरुप्रति १५ सेकेन्ड मौन धारण गरिएको थियो । पहिलो पाइला नेपाल बुटवल शाखा अध्यक्ष पारस मरासिनी ले शोक मन्तव्य राख्दै यो घटना अति नै दर्दनाक हरेको र यस्तो घटना अब नदोरिओस भन्ने आफुले कामना गरेको बताउदै मृत आत्म को चिर शान्ति को कामना गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दै उक्त शोक सभा सम्पन्न भएको थियो ।

 
 
  
 

You may also like