रुपन्देही डेरी ब्यवसायी समितिको अध्यक्षमा रामकृष्ण शर्मा

by समतल अनलाइन

बुटवल।रुपन्देही डेरी ब्यवसायी समितिको १४ औ साधारण सभा तथा छैटौ अधिवेसनबाट अध्यक्षमा रामकृष्ण शर्मा निर्वाचित भएका छन् । अन्य पदाधिकारी र सदस्यहरुमा निरविरोध पदाधिकारी चयन भएपनि अध्यक्षमा भने निर्वाचन भएको हो । अध्यक्षमा कृष्ण प्रसाद उपाध्याय र याम प्रसाद शर्मा र रामकृष्ण शर्माको उमेद्वारी परेको थियो ।

उपाध्यक्षमा विष्णु प्रसाद पाण्डे, सचिवमा जिवलाल न्यौपाने, कोषाध्यक्षमा कृष्ण प्रसाद पन्त, सह सचिवमा दिपक पाण्डे चयन भएका हुन । यस्तै सदस्यहरुमा विष्णु प्रसाद भुषाल, गोविन्द रेग्मी, कमल काफ्ले, उमा शर्मा र कमल प्रसाद नेपाल चयन भएका छन् ।

 
 
  
 

You may also like