शेयर बजारमा सामान्य गिरावट, तीन अर्ब ४५ करोडको कारोबार

by समतल अनलाइन

काठमाडौँ । उतार–चढावबीच शेयर बजार आज (मंगलबार) सामान्य अंकले घटेको छ । दिनभर घटबढ भइरहेको शेयर बजार परिसूचक नेप्से आज तीन दशमलव शून्य तीन अङ्कले घटेर दुई हजार ६१ दशमलव शून्य छ विन्दुमा झरेको छ ।

आज माइक्रोफाइनान्स, होटल र म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर सामान्य घटेको छ । नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । आज दुई सय ५७ वटा कम्पनीका ८२ लाख २२ हजार कित्ता शेयर तीन अर्ब ४५ करोड ८० लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै हिमालयन डिष्टिलरीको ४३ करोड १२ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज धौलागिरि र खप्तड लघुवित्त, तथा श्वेतगंगा हाइड्रो र अजोड इन्सुरेन्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । वीन नेपाल लघुवित्त र बोटलर्स नेपाल कम्पनीको शेयर भने साढे पाँच प्रतिशतभन्दा धेरैले घटेको छ ।

 
 
  
 

You may also like