चौराहा हस्पिटलमा निशुल्क फोक्सो परिक्षण तथा परामर्श

by समतल अनलाइन

बुटवल। चौराहा हस्पिटल प्रालिमा एक दिने निशुल्क फोक्सो जाच तथा परामर्श कार्यक्रम सम्पन्न भएको छ । बुधबार लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका ७० जना सहित सर्वसाधारणको फोक्सो जाच तथा परामर्श दिईएको हो । फोक्सोको पम्लरी फन्सनल टेष्ट (पिएफटी) जाच गरि त्यसको आधारमा दम भए नभएको छुट्टाउने र समस्याबारे जानकारी दिईएको अस्पतालका फिजिसियन डा सरोज थापाले बताए ।

सामाजिक उत्तरदायित्वमा अस्पतालले प्रत्येक महिनाको अन्तिम बुधबार बिरामीहरुलाई फोक्सोको काम, सुरक्षाको विषयमा जानकारी दिने गरि निशुल्क परामर्श तथा परिक्षणको काम गरेको हो । एक महिनाको अवधिमा अस्पतालमा उपचारमा आउने बिरामीहरुमा खोकी, फोक्सोमा समस्या भएका दमका बिरामी बढि देखिएको अस्पतालका फिजिसियन डा थापाले बताए ।

अस्पतालका म्यानेजिङ डाईरेक्टर बिरु भण्डारीले सामाजिक उत्तरदायित्व अन्तरगत वर्षभरि नै विभिन्न स्थानमा निशुल्क स्वस्थ्य शिविरका साथै अस्पताल परिसरमा चिकित्सकिय परिक्षण र औषधि वितरणका कार्यक्रमहरु चलाउदै आएको बताए । नीजि लगानीमा संचालन भएको अस्पतालबाट विशेषज्ञ सेवासंगै ट्रमा सेवालाई विशेष प्राथमिकता दिएको उनले बताए । अस्पतालमा न्युरोसर्जरी, जनरल सर्जरी, ईएनटी, महिला तथा प्रसुति, डेन्टल, कार्डियो, अर्थो, मानसिक रोग विशेषज्ञ चिकित्सकहरुबाट सेवा दिदै आएको छ ।

अस्पतालले प्रत्येक महिनाको अन्तिम बुधबार फ्रि पल्मनरी फन्सन टेष्ट र हरेक हप्ता विहिबार निशुल्क फिजिसियन र सुगर परिक्षण तथा परामर्श गर्दै आएको उनले बताए । साउनदेखि शुुरु गरेको निशुल्क सेवामा ७ सय जना भन्दा बढिले सेवा लिएको उनले बताए ।

 
 
  
 

You may also like