निर्वाचनले गणतन्त्रलाई थप मजबुत बनाएको छ : प्रचण्ड

by समतल अनलाइन

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली जनताको त्याग र बलिदानको बलमा प्राप्त वर्तमान संविधानको सफल कार्यान्वयनका लागि २०७९ को आवधिक निर्वाचनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको जगलाई थप मजबुत बनाएको बताएका छन् ।

उधौली पर्वका अवसरमा शुभकामना व्यक्त गर्दै उनले हालै सम्पन्न निर्वाचनका निर्वाचित जनप्रतिनिधिलाई बधाई दिँदै दिगो, स्थिर र अग्रगामी समाज निर्माणका लागि एकताबद्ध भई अगाडि बढ्न समेत आग्रह गरे । प्रचण्डले किराँत समुदायको उधौली तथा ज्यापू समुदायले मनाउने यमरी पुन्ही (ज्यापु दिवस) का अवसरमा दुवै समुदायलाई पनि शुभकामना दिएका छन् ।

यी पर्वले नेपालको सांस्कृतिक विविधतासँगै सामाजिक, सांस्कृतिक ऐक्यबद्धता, सद्भाव र सहिष्णुताको संरक्षण एवं प्रवर्द्धन गर्न मद्दत मिल्ने उनको विश्वास छ ।

 
 
  
 

You may also like