राजपाका तत्कालीन महासचिव यादव र लोसपा केन्द्रीय सदस्य झा एमाले प्रवेश

by समतल अनलाइन

काठमाडौं । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय कार्यसमिति सदस्य सुनिल झा ‘रोहित’ नेकपा एमालेमा प्रवेश गरेका छन् ।

उनीसँगै तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालका महासचिव इन्जिनियर देवेन्द्रकुमार यादव पनि एमालेमा प्रवेश गरेका छन् ।

उनीहरु दुवैलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले निजी निवास बालकोटमा शुक्रबार एक कार्यक्रम गरेर पार्टीमा स्वागत गरेका छन् । पछिल्लो समय मधेश प्रदेशबाट जनता समाजवादी र लोसपाका नेताहरु धमाधम एमालेमा प्रवेश गरिरहेका छन् । एमालेले यी दुई दलबाट ५ जना बढी संघ र प्रदेश सांसदसहित उच्च तहका नेतालाई भित्र्याइसकेको छ ।

 
 
  
 

You may also like