सिन्धुपाल्चोकमा भारी वर्षा, होशियारी अपनाउन आग्रह

by समतल अनलाइन

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको धाप र आसपासको क्षेत्रमा पछिल्ला ६ घण्टामा भारी वर्षा मापन गरिएको छ ।

सो क्षेत्र भई बहने साना नदीहरूमा आकस्मिक बहाव बढ्न सक्ने जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । नदी तटीय क्षेत्र तथा पहिरो जान सक्ने भिरालो जमिन भएका स्थानहरूमा उच्च होशियारी अपनाउन महाशाखाले आग्रह गरेको छ ।

 
 
  
 

You may also like