निर्वाचनका लागि आयोगमा २१ दल दर्ता

by समतल अनलाइन

काठमाडौँ । निर्वाचन आयोगमा आउँदो प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि २१ दल दर्ता भएका छन् । आयोगका अनुसार आगामी निर्वाचनका लागि बिहीबारसम्म २१ राजनीतिक दल दर्ता भएका हुन् ।

अझै दल दर्ता हुने क्रम बढिरहेको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिएका छन् । उनका अनुसार नेकपा एमालेलगायतका दलहरु दर्ता भएका छन् । यस्तै थप ३ दल दर्ता प्रक्रियामा रहेको आयोगले जनाएको छ । आयोगमा यसअघि ११६ राजनीतिक दल दर्ता भएका छन् ।

 
 
  
 

You may also like