६ महिने छोरीको हत्या गरी दोस्रो विहे गरेर भागेकी आमा युवकसहित पक्राउ शौचालयको खाल्डोमा भेटियो शिशुको

स्याङजा । शाैचालयको अस्थायी खाल्डोमा हालेर ६ महिनाकी आफ्नै छोरीको हत्या आरोपमा स्याङजा प्रहरीले एक आमासहित दुई जनालाई पक्राउ गरेको छ ।

स्याङ्जाको गल्याङ नगरपालिका-२ ईलुङगाकी २२ वर्षीया लक्ष्मी राना र पाल्पाको रामपुर नगरपालिका-१० कुमाल गाउँका २२ वर्षीय केदार कुमाललाई प्रहरीले गरेको हो । नाबालिकासहित सम्पर्कविहीन भएकी रानालाई प्रहरीले खोजतलास गर्दा शुक्रबार दिउँसो गल्याङबाटै पक्राउ गरेको हो । कुमाललाई पनि रानाकै साथबाट पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी रवीन्द्र खनालले जानकारी दिएका छन् ।

लक्ष्मी रानाले साउन १० गते छोरीलाई राति १२ बजे शौचालयको खाल्डोमा हालेको अनुसन्धानबाट खुलेको जानकारी दिंदै डीएसपी खनालले भने, ‘बच्चीको खोजतलास गर्दा सडेगलेको अवस्थामा खाल्डोमा लाश भेटियो ।’ उनका अनुसार छोरीको हत्या गरेर कुमालसँग सोही दिन विवाह गरी भागेकी थिइन् ।

घरमा कोही नभएको मौका पारी छोरीसहित सम्पर्कविहीन भएको भन्दै साउन १२ गते ससुरा सूर्यबहादुर रानाले प्रहरीमा खोजीका लागि प्रहरीमा निवेदन दिएका थिए । उनी त्यहि दिन दोस्रो विहे विवाह गरी भागेकी थिइन् । लक्ष्मीका श्रीमान मिनबहादुर राना रोजगारीको लागि तीन महिनादेखि भारत छन् । प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान अगाडि बढाएको छ । नाबालिकाको शव प्रहरीले सूर्यबहादुरलाई नै बुझाएको खनालले बताए । आरोपित दुवै जनालाई आइतबार जिल्ला अदालतमा ज्यानसम्बन्धी कसूरमा मुद्दा दर्ता गरी १० को म्याद थप गरिएको डीएसपी खनालले जनाएका छन् ।

 
 
  
 

You may also like