हिजो अधिकारका लागि लड्यौं, अब समृद्धिका लागि लडौं: देवेन्द्र पौडेल

by समतल अनलाइन
Shares

बागलुङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेकपाका स्थायी कमिटी सदस्य तथा स्कूल विभाग उपप्रमुख देवेन्द पौडेलले सत्तापक्ष प्रतिपक्ष सबै मिलेर देशको समृद्धिमा लाग्नुपर्ने बताएका छन् ।

बागलुङले विजया दशमी, शुभदीपावली तथा छठ पर्वका अवसरमा बिहीबार बागलुङमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै उनले देशको समृद्धिका लागि सबै एक हुनुको विकल्प नरहेको बताएका हुन् ।

सांसदसमेत रहेका पौडेललले सरकारले आफ्नाे गतिमा काम गरिरहेकाे बताए । उनले भने, ‘सरकार आफ्नो गतिमा अगाडि बढेको छ । ठूला राष्ट्रिय गौरवको आयोजना कार्यान्वयन हुँदैछन् । चीन र भारतसँगको सम्बन्ध विस्तारै सुधार हुँदै गएको छ । हामीले २०३० सम्ममा नेपाललाई मध्यस्तरको देश बनाउने जुन कल्पना गरेका छौं । त्यो अब विस्तारै कार्यान्वयन हुन्छ ।’

नेता पाैडेलले सधै नकारात्मक मात्र साेच्न नहुने भन्दै अब सबै मिलेर देशकाे विकासमा लाग्नुपर्ने बताए । उनले भने, ‘हामीले सधै नेगेटिभ भएर सोचेर मात्रै हुँदैन । हिजो हामी अधिकार प्राप्तिका लागि लड्यौं । अब विकास र समृद्धिका लागि गड्ने हो । सत्तापक्ष-प्रतिपक्ष सबै मिलेर विकासका लागि लाग्नुको विकल्प छैन् । देशको समृद्धिका लागि सबै एक भएर लागौं ।

You may also like

This will close in 0 seconds