काठमाडौं । मनसुनको न्यून चापिय रेखा नेपालतर्फ सरेसँगै फेरि मनसुन सक्रिय हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यो सँगै केहि दिनदेखि कमजोर देखिएको मनसुनी गतिविधि पुनः सक्रिय हुने मौसमविद् बरुण पौडेलले बताए ।
मनसुनको न्यून चापिय रेखा नेपालको तराई भू-भागभन्दा दक्षिणतिर रहेकाले केहिदिन वर्षा रोकिएको थियो । अब यो रेखा बिस्तारै उत्तरतिर (नेपाल तर्फ) सरेकाले पानी पर्ने सम्भावना बढेको हो ।
महाशाखाका अनुसार आज (शुक्रबार) देशभर सामान्य बदली भई केहि स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित वर्षा हुने महाशाखाले जनाएको छ। देशका केही स्थानमा मेघ गर्जनसहित तथा पश्चिम पहाडका एक/दुई ठाउँमा भारी वर्षाको सम्भावना रहेकोले सचेत रहन महाशाखाले आग्रह गरेको छ । महाशाखाले २४ घण्टे चेतावनी जारी गर्दै देशको केही स्थानमा मेघ गर्जन र चट्याङ्ग पर्ने सम्भावना हुँदा सतर्कता अपनाउन आवश्यक देखिएको छ ।
महाशाखाले जारी गरेको तीन दिनको मौसम पूर्वानुमान यस्तो छ:
साउन १७ गते (शुक्रबार)
दिउँसो: देशभर आंशिकदेखि सामान्य बदली हुने केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।
राति: देशभर आंशिकदेखि सामान्य बदली हुँदा देशका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । पश्चिमी पहाडि भू-भागका एक वा दई स्थानमा भारी वर्षाको सम्भावना छ |
साउन १८ गते (शनिबार )
दिउँसो: देशभर आंशिकदेखि सामान्य बदली भएर केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।
राति: देशभर आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ ।
साउन १९ गते (आईतबार )
दिउँसो: देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ।
राति: देशभर आंशिकदेखि सामान्य बदली रही देशको पश्चिमि भू-भागका केही स्थानहरुमा तथा मध्य र पुर्वका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ ।