67
अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थानमा मोटरसाइकल दुर्घटना हुँदा बाबुछोराको घटनास्थलमै मृत्यु भएको छ ।
भूमिकास्थान नगरपालिका–२, भूमेकाथानमा गएराति लु ६४ प ७४७१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा भूमिकास्थान नगरपालिका–८ निवासी अन्दाजी ६२ वर्षीय देवीराम आचार्य र उनका अन्दाजी २३ वर्षीय छोरा रहेका छन् । छोराको नाम भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायब उपरीक्षक दिवस जिसीले दुर्घटनामा बाबुछोराको मृत्यु भएको जानकारी दिए ।
दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएक छ।


