१६ अौ मनमोहन स्मृति वडा स्तरिय रनिङ शिल्ड नकआउट फुटबल प्रतियोगिता २०७८,वडा नं १२ विजयी

by समतल अनलाइन
Shares

बुटवल । बुटवलमा जारी १६ अौ मनमोहन स्मृति वडा स्तरिय रनिङ शिल्ड नकआउट फुटबल प्रतियोगिता २०७८ को मंगलबार भएको खेलमा वडा नं १२ विजयी भएको छ। बुटवल उपमहानगरपालिकाको सहयोग तथा राष्ट्रिय युवा संघ नेपाल उपमहानगरपालिकाको आयोजनामा जारी प्रतियोगितामा ट्राईबेकरमा वडा नं ३ लाई ४-३ ले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको हो।
सिद्धेश्वर खेलमैदानमा भएको खेलमा निर्धारित समयमा गोलरहित बराबर भएपछि खेल ट्राईबेकरमा गएको थियो। खेलमा वडा नं ३ का खेलाडीको प्रहारलाई वडा नं १२ का गोलकिपर नवीन छन्त्यालले बिफल पारिदिएका थिए। उनी खेलमा म्यान अफ दी म्याचबाट पुरस्कृत भए।
प्रतियोगिताको उपाधि विजेताले नगद ६० हजार रुपैया, कप, मेडल, प्रमाणपत्र तथा उपविजेता टिमलाई नगद ३० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने अध्यक्ष सुदर्शन खाम्चाले बताए। बुधबार बिहान वडा नं ५ र ६ का बिचमा खेल हुनेछ।

You may also like

This will close in 0 seconds