चुनावसम्म गठबन्धन कायम रहन्छ : कांग्रेस प्रवक्ता महत

by समतल अनलाइन

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आगामी चुनावसम्म सत्ता गठबन्धन कायम रहने बताएका छन् ।

आज (सोमबार) आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता गठबन्धन कायम रहने बताए । ‘एमसीसी आफ्नो ठाउँमा छ । गठबन्धन आफ्नो ठाउँमा छ । गठबन्धन कायम छ,’ उनले भने, ‘एमसीसीमा गुण र दोषको आधारमा निणर्य भएको हो । हामी एकै ठाउँमा छौं । हाम्रो गठबन्धन पनि जारी छ ।’ उनले अब आफूहरुको ध्यान एमसीसीअन्तर्गतका आयोजना सफल पार्नेतिर हुनुपर्नेमा पनि जोड दिए ।

 
 
  
 

You may also like