कस्तो रहला आजको मौसम ?

by समतल अनलाइन

काठमाडौं । अहिले नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसमविदले बताएका छन् । आज (हाइतबार) दिउँसो सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली तथा लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र वागमती प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ ।

सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानमा तथा अन्य प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानहरुमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भू-भागका केही स्थान तथा बागमती प्रदेश र प्रदेश-१ का उच्च पहाडी र हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको समेत सम्भावना छ ।

राति उच्च पहाडी र हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । सोमबार पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

 
 
  
 

You may also like