जन्मदिनको अबसरमा गाइलाइ भोजन तथा स्टेशनरी बितरण

by समतल अनलाइन

बुटवल । लायन्स क्लब अफ बुटवल शाइनकी अध्यक्ष इशु देबकोटाले आफ्नो जन्मदिनको अबसरमा गाइलाइ भोजन तथा स्टेशनरी सामान बितरण गरेकी छन ।
रुपन्देहीको भलुहीमा रहेको कामधानु गौशालामा क्लबका परिवारसगै पुगेकी देबकोटाले गाइहरुका लागी नुन,पापड लगायतका बिभिन्न खाधान्न हस्तान्तरण गरेकी हुन ।

क्लबमा सामाजीक उत्तरदायीत्वलाइ बहन गर्दै जन्मदिनमा हुने भजुल खर्चलाइ कटौती गरी सहयोग गरेको देबकोटाले बताइन । उनले त्यहा रहेका बिधार्थीहरुलाइ स्टेशनरी सामान समेत बितरण गरेकी छन ।

कार्यक्रममा लायन्स क्लब अफ बुटवल देउरालीका अध्यक्ष शाइनका एक्सटेन्सन चियरपर्सन एम.जे.एफ लायन ज्ञानप्रसाद पौडेल, क्लबका गार्डलाइनर मोहनीलाल रिजाल, यसैगरी सल्लाहाकार दिपक पन्थि , कामुधेनका महाराज गुरु सोमराज लगायतले बोल्दै सामाजीक र रचनात्मक कार्यक्रममा क्लबका पदाधिकारीले खेलेको भुमिका प्रशंसनिय रहेको बताएका थिए । यस्तै क्लबकी अध्यक्ष देबकोटाले आमागी दिनमा क्लबसगै ब्यक्तिगत रुपमा पनी सहयोग गर्दै जाने बताइन ।

 
 
  
 

You may also like