फुट्यो एमाले : ‘एमाले समाजवादी’ दर्ताका लागि आयोगमा माधव पक्षको निवेदन

by समतल अनलाइन

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले) अन्ततः विभाजन भएको छ । एमाले वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी विभाजन गर्दै आफ्नै नेतृत्वमा नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका हुन् ।

फुटेर बनेको नयाँ पार्टीको नाम नेकपा एमाले (समाजवादी) राखिएको छ भने चुनाव चिन्ह खुल्ला किताब राखिएको छ । नव गठित पार्टीका नेता मेटमणि चौधरीले नेता राजेन्द्र पाण्डेलगायत निर्वाचन आयोगमा पुगेर दल दर्ताका लागि निवेदन दिइसकेको जानकारी दिए । नयाँ पार्टीमा नेता नेपाल नै संयोजक रहेका छन् ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार मात्र संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्‍याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश प्रमाणीकरण गरेकी थिइन् । लगतै नेपाल समूह ‘नेकपा एमाले समाजवादी’ दर्ताका लागि निर्वाचन आयोगतर्फ लागेका छन् । एक केन्द्रीय सदस्यका अनुसार ‘नेकपा एमाले समाजवादी’ को संयोजकमा नेता नेपाल छन् भने ९५ सदस्यीय केन्द्रीय कमिटी हुनेछ । चुनाव चिन्हमा खुला किताब प्रस्ताव गरिएको छ ।

 
 
  
 

You may also like