कोरोनाको तेस्रो लहरको पूर्व तयारी गर्न स्वास्थ्यमन्त्री श्रेष्ठको निर्देशन

काठमाडौं । स्वाथ्यमन्त्री कृष्णगोपाल श्रेष्ठले कोरोनाको तेस्रो लहरको गम्भीरतापूर्वक पूर्व तयारीमा रहन निर्देशन दिएका छन् ।
वीर अस्पताल परिसरमा रहेको कोभिड युनिफाइड केन्द्रीय अस्पतालको अवलोकन गर्दै मन्त्री श्रेष्ठले यस्तो निर्देशन दिएका हुन् । सो अवसरमा मन्त्री श्रेष्ठलाई स्वाथ्य सचिव लक्ष्मण अर्याल र अस्पतालका निर्देशक डा. जागेश्वर गौतमसहित चिकित्सक टोलीले अस्पतालको पछिल्लो अवस्थाबारे जानकारी गराएको थियो ।

अस्पतालले हाल सय वेडको आइसियु सञ्चालन गरिरहेको छ । बाँकी सय वेड आइसियुसहितको वेड तयारी अवस्थामा रहेको अस्पतालको निर्देशक डा. गौतमले जानकारी दिएका छन् । मन्त्री श्रेष्ठले अब आउनसक्ने कोभिड महामारीको तेस्रो चरणको विश्लेषण गरी तत्काल सबै उपाय अवलम्बन गर्न आग्रह गरे ।

उनले भने, ‘अब आउने सक्ने संक्रमणलाई मध्यनजर गरी सबै तयारी पुरा गर्नुस । कोभिड अस्पतालको रुपमा रहेको यो अस्पताललाई पूर्णरुपमा सञ्चालन गर्नुस् ।’ सरकारले देखिने गरी सबै पुर्वाधार तयारी गरिसकेको छ । अब बिरामीलाई कुनै समस्या नपर्ने गरी काम गर्न निर्देशन दिए । मन्त्री श्रेष्ठले अब सबै बिरामीको निःशुल्क उपचार गर्नेगरी पूर्णक्षमतामा अस्पताल गर्न निर्देशन दिए । प्रधानमन्त्रीओलीले २०७४ मा शिलान्यास गरेको सो अस्पताल आज उद्घाटन गरेका छन् ।

 
 
  
 

You may also like