155
काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप १,३३३ कोरोना संक्रमित उपचारपछि निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म ६ लाख १४ हजार ३२७ जना संक्रमित निको भइसकेका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा देशभर २,९७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको ११ हजार ८९८ जनाको पिसिआर र एन्टिजेन परीक्षणमा २,६३४ जनामा संक्रमण पुष्टि भएको हो ।