उद्योग बाणिज्य संघका कोषाध्यक्ष सन्दिप श्रीवास्तवको सर्हानिय कार्य, बिपन्न परिवार लाई दिए सिलाई मेशिन

by समतल अनलाइन
217Shares

इमरान खान
कपिलवस्तु । कपिलवस्तु नगरपालिका वडा नं.१ स्थित भाडामा बस्दै आएका एक अति बिपन्न परिवारको घरमा आगो लागी सबै डढ्यो यहाँ सम्म की साझा प्रयास अभियानले उपलब्ध गराएको राहत सामग्रीहरु पनि पुर्ण रुपले डढेर गयो ।

उक्त बिपन्न परिवारले दैनिक सिलाई गरि परिवार तथा बच्चाहरूलाई हुर्काउरदै आइरहेको बेला आगो लागी सबै डढेर गएकोले अब उक्त परिवारको जिवनयापन गर्न अति नै गार्हो भएको भनि साझा प्रयास अभियान ले सहयोगी हात हरु लाई आह्वान गरे लगत्तै उद्योग वाणिज्य संघ कपिलवस्तुका कोषाध्यक्ष सन्दिप श्रीवास्तवले निज लाई राहत स्वरुप एक थान सिलाइ मेसिन हस्तान्तरण गरेका छन ।

त्यस्तै सिलाइ मेसिन चलाउन पावदान सरदार भोला सिंह ले दिएका छन। त्यसैगरी साझा प्रयास अभियान एवम हातेमालो टिमले उक्त परिवारलाई राहत वितरण गरेको साझा प्रयास अभियानका संयोजक रबि ठाकुरले बताए ।

You may also like