अत्यधिक गर्मीले क्यानडामा ६० जनाको मृत्यु, तापक्रम अझै बढ्न सक्ने

काठमाडौं । अत्यधिक गर्मीले क्यानडामा कम्तिमा ६० जनाको मृत्यु भएको छ । पश्चिमी प्यासिफिकको तटीय क्षेत्रमा चलेको तातो हावाले जनजीवन अस्तव्यस्त बनाएको छ ।

ब्रिटिस कोलम्बिया प्रान्तको लिएटन शहर गर्मीबाट सबैभन्दा बढी प्रभावित भएको छ । अधिकारीहरुका अनुसार पछिल्लो दुई दिनमा ६० भन्दा बढीको आकस्मिक मृत्यु भएको खबर आएको छ ।

चरम गर्मीका कारण ज्यान गुमाउनेहरुमा ज्येष्ठ नागरिकहरु बढी छन् । लिएटन शहरमा हिजो अहिलेसम्मकै बढी ४७ दशमलव ९ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ । अघिल्लो हप्तासम्म क्यानडाको कुनै पनि प्रान्तमा ४५ डिग्रीभन्दा बढी तापक्रम पुगेको थिएन । विज्ञहरुले गर्मी अझै केही दिन बढ्न सक्ने भएकोले सतर्क रहन अपिल गरेका छन् ।

 

 
 
  
 

You may also like