श्री भगवानदास गुप्त स्मृति प्रतिस्ठानद्धारा निःशुल्क भोजनदान कार्यक्रम भब्यताका साथ समापन

इमरान खान
कपिलवस्तु  । विश्वव्यापी महामारीको रूपमा रहेको कोरोना भाइरस दोस्रो लहरबाट ग्रसित भएका कोरोना बिरामी तथा कुरुवाहरुलाई कपिलवस्तु अस्पातल तथा अस्थायी कोरोना अस्पतालमा रहेका बिरामी तथा कुरुवाहरुलाई गर्दै आएको श्री भगवानदास गुप्त स्मृति प्रतिस्ठानद्धारा दैनिक रूपमा निःशुल्क भोजनदान अभियानको श्री भगवानदास गुप्त स्मृति प्रतिस्ठानले सोमवार देखि बिधिवतरुपमा समापन गरेको छ ।

गत जेठ ७ गते देखि कोरोना संक्रमित र कुरुवाहरुलाई प्रतिस्ठानले १ महिना १५ दिन जति अभियान चलाएको हो । अहिले अस्पतालमा कोरोनाका बिरामी मात्र ३ जना रहेको र बिरामी पनि नथपिएकाले आफुहरुले यो अभियान यस पटकका लागि राेकेको कार्यक्रमका संयोजक जिवनाथ पाण्डेयले बताए । यस्तै प्रतिस्ठानको एम्बुलेन्सले घरबाट बिरामीहरुलाई निःशुल्क रुपमा ल्याउने र लैजाने प्रबन्ध गरेका संयोजक पाण्डेयले बिज्ञप्ती जारी गर्दै कोरोनाबाट मृत्यु भएका परिवार प्रति हार्दिक समबेदना प्रकट गर्दै कोरोना संक्रमण तथा मृत्युको संख्या घटेकोमा खुशी ब्यक्त गरे ।

श्री भगवानदास गुप्त स्मृति प्रतिस्ठानका संयोजक जिवनाथ पाण्डेका अनुसार आउने दिनमा यदि यस्ता माहामारीको रुपमा कुनै पनि बिरामीहरु आएमा हामीहरू फेरि यसलाई निरन्तरता दिनेछु भनी प्रतिबद्धता व्यक्त गरेका थिए । समापन कार्यक्रममा कपिलवस्तु नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष सुदिप पौडेल, पशुपति प्रताप पुस्तकालयका उपाध्यक्ष सन्तराम अग्राहारी, कपिलवस्तु अस्पताल प्रशासन प्रमुख रत्नाकर शुक्ला तथा सदस्य धिरज पाण्डे लगायतका कार्यक्रमका सदस्यहरुको उपस्थितिमा कपिलवस्तु जिल्ला अस्पतालमा समापन गरिएको छ ।

श्री भगवानदास गुप्त स्मृति प्रतिस्ठानका अध्यक्ष मानिनीय सांसद बृजेश कुमार गुप्ता रहेकाे र गुप्ताका अनुसार कोरोना बिरामीहरुको चाप बढ्यो भने यस श्री भगवानदास गुप्त स्मृति प्रतिस्ठानद्धारा तुरुन्त फेरि यो कार्यक्रम सञ्चालनमा ल्याउने बताएका छन ।

 
 
  
 

You may also like