बालुवाटारमा एमाले स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । सत्तारुढ नेकपा एमालेको स्थायी कमिटीको बैठक आज (आइतबार) बिहान ९ बजे बस्दैछ । आज बिहान ९ बजे बालुवाटारमा पार्टी स्थायी कमिटीको बैठक बोलाइएको कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन् ।

आजको बैठकमा पछिल्लो राजनीतिक अवस्था, पार्टी एकताका लागि भइरहेका प्रयासबारे छलफल गर्ने बताइएको छ । एमाले स्थायी कमिटीमा १९ जना छन् ।

 
 
  
 

You may also like