सातै प्रदेशका आन्तरिक मामिलामन्त्री सिंहदरबारमा, गृहमन्त्रीसँग बैठक

काठमाडौं। सात वटै प्रदेशका आन्तरिक मामिला मन्त्री र गृहमन्त्रीबीच सिंहदरबारमा बैठक बसेको छ । सात प्रदेशका आन्तरिक मामिला मन्त्रीहरुसँग गृहमन्त्री खगराज अधिकारीले छलफल गरेको गृह प्रवक्ता जनकराज दाहालले बताएका छन् ।

विपद् ब्यवस्थापन र निर्वाचन तयारीलगायतका विषयमा छलफल गर्न गृहमन्त्री अधिकारीले उनीहरुलाई काठमाडौं बोलाएका हुन् । बैठकमा नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी पनि सहभागी छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले जेठ ७ मा दोस्रो पटक संसद विघटन गरेर निर्वाचनको घोषणा गरेकी छिन् । कात्तिक २६ र मंसिर ३ मा चुनावको घोषण गरेपछि सो कदम विरुद्ध परेको रिट सर्वोच्च अदालतमा विचाराधीन छ ।

बैठकमा प्रहरी प्रमुख शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी पनि सहभागी छन् । शुक्रवार राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा बोलाएर गृहमन्त्री अधिकारी र ३ सुरक्षा निकायका प्रमुखसँग छलफल गरेकी थिइन् ।

 
 
  
 

You may also like