नेपाल–चीन सीमा क्षेत्रमा पहिरोले नदी थुनियो, तामाकोशी नदीको तटीय क्षेत्रमा खतरा

by समतल अनलाइन
Shares

काठमाडाैं।चीनको टिंग्री काउन्टीको रोंसिया शहर आसपासमा भीषण वर्षापछि नेपाल चीन सीमा क्षेत्रमा भीषण पहिरो गएको सूचना प्राप्त भएको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ ।

पहिरोले नदी थुनिन पुगेको भन्दै प्रशासनले कुनै पनि समयमा तामाकोशी नदीमा बाढी आउन सक्ने भन्दै सचेत गराएको छ ।
शुक्रबार राति प्रशासनले एक जरुरी सुचना जारी गर्दै तामाकोशी नदीको तटीय क्षेत्रमा जोखिम सिर्जना हुन सक्ने सम्भावना देखिएकाले सो क्षेत्रमा बसोबास गर्ने सम्पूर्णलाई खतराको संकेत प्राप्त हुनासाथ सुरक्षित स्थानतर्फ जान र स्थानीय तहका पदाधिकारीका साथै नजिकको सुरक्षा निकायमा तुरुन्त जानकारी गराउन समेत अनुरोध गरेको छ ।

 

यसैबीच बाढी पूर्वानुमान महाशाखाका अनुसार राती १० बजेर १० मिनेटमा सिन्धुपाल्चोकको बाह्रबिसे केन्द्र र दोलालघाटस्थित सुनकोसी नदीमा गरिएको मापन खतराको तहमा पुगेको छ ।

You may also like

This will close in 0 seconds