मनाङमा बाढीले घर र पुल बगायो

by समतल अनलाइन
185Shares

मनाङ । मनसुनको शुरुवातमै मनाङमा बाढीले क्षति पुर्‍याउन थालेको छ । मनाङमा बाढीले केही पुल र घर बगाएका छन् । केही बस्ती डुबानमा परेको मनाङकी सहायक प्रमुख जिल्ला अधिकारी शारदा चालिसेले जानकारी दिएकी छिन् ।

बाढी कहिले घट्ने कहिले बढ्ने भइरहेकाले जोखिम कायमै रहेको उनले बताइन् । ‘उद्धार र राहतका लागि अब एकछिनमा सुरक्षा समितिको बैठक बस्दै छौं,’ सहायक प्रमुख जिल्ला अधिकारी चालिसेले भनिन्, ‘त्यसपछि के गर्ने भन्ने योजना बनाउने छौं ।’

प्रारम्भिक जानकारीअनुसार तिमाङ भन्ने स्थानका दुवै पुल, चामेका तीन वटै पुल तथा चामेमा एउटा घर बगाएको सहायक प्रमुख जिल्ला अधिकारी चालिसेले जानकारी दिइन् । ‘हामी तथ्यांक संकलन गर्दै छौं,’ उनले भनिन्, ‘यकिन गर्न बाँकी छ ।’ उनका अनुसार ताल भन्ने स्थानको बस्ती डुबानमा परेको छ । सोमबार रातिदेखि भइरहेको अविरल वर्षाका कारण मनाङमा बाढीको जोखिम बढेको उनले बताइन् ।

You may also like