स्वास्थ्यकर्मीलाई सम्मान गर्न एक करोड एक रुपैयाँ राशीको पुरस्कार घोषणा

काठमाडौं। बारबरा फाउण्डेसनमार्फत उद्यमी सहिृद घिमिरेले एक करोड एक रुपैयाँ राशीको पुरस्कार घोषणा गरेका छन् ।
फाउण्डेसनका कार्यकारिणी सदस्य समेत रहेका घिमिरेले सोमबार पुरस्कार घोषणा गरेको फाउण्डेसनले जनाएको छ ।

विद्यमान कोभिड–१९ महामारीमा अग्रपंक्तिमा रहेर काम गरिरहेका स्वास्थ्यकर्मीहरुको हौसला तथा सम्मान स्वरुप पुरस्कार स्थापना गरिएको फाउण्डेसनका अध्यक्ष डा. सन्दुक रुइतद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

बारबरा फाउण्डेसनले गत वर्ष पनि समाजका विभिन्न क्षेत्रमा कार्यरत अग्रपंक्तिमा खटिएका व्यक्तिहरुलाई विशेष सम्मान प्रदान गर्दै आएको छ । फाउण्डेसनले देशका सरकारी, सामुदायिक वा गैरनाफामूलक संस्था वा त्यसमा कार्यरत स्वास्थ्यकर्मी मध्येबाट निष्पक्ष छनौट गर्नका लागि नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्राडा भगवान कोइरालाको अध्यक्षतामा निर्णायक समिति समेत गठन गरेको छ ।

सो समितिमा नेपाल मेडिकल एशोसिएसनका अध्यक्ष डा.लोचन कार्कीलगायत रहेका छन् । निर्णायक समितिबाट छानिने सम्मानित व्यक्तित्वमार्फत सम्पूर्ण अग्रपंक्तिमा डटेर खट्ने स्वास्थ्यकर्मीहरूप्रति सम्मान गरिने फाउण्डेसनले जनाएको छ । घिमिरे कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजका अध्यक्ष तथा किया मोर्टसको नेपालका एकमात्र आधिकारिक बिक्रेता हुन् । उनले आफ्नी छोरी अदिति घिमिरेको भावबाट प्रेरित भई पुरस्कार घोषणा गरिएको जनाएका छन् ।

 

 
 
  
 

You may also like