रुपन्देहीमा पछिल्लो २४ घण्टामा ४८३ जना कोरोना मुक्त , ३०८ जना संक्रमित

बुटवल । रुपन्देहीमा पछिल्लो २४ घन्टामा ३०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ११५५ जनाको परीक्षण गर्दा सो संख्यामा कोरोना पुष्टि भएको हो । पछिल्लो २४ घन्टामा  ४८३ जना कोरोना मुक्त भएका छन् ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार जिल्लामा आज सबैभन्दा धेरै बुटवल उपमहानगरपालिकामा ८८ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यसै गरी सिद्धार्थनगर नगरपालिकामा ३७ जना, ओमसतिया गाउँपालिकामा ३९ जना, देवदह नगरपालिकामा ३७ जना, तिलोत्तमा नगरपालिकामा ३५ जना, रोहिणी गाउँपालिकामा १३ जना र अन्य पालिकामा १० जना भन्दा कम संक्रमित थपिएका छन् ।

रुपन्देहीमा अहिलेसम्म २१ हजार ६३५ जना निको भएका छन । हाल जिल्लामा ३ हजार ८११ जना कोरोनाका संक्रिय संक्रमितहरु रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा थप १ संक्रमितको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ३९८ पुगेको छ ।

 
 
  
 

You may also like