काठमाडौँ । भारतमा लगातार दैनिक संक्रमण हुनेको संख्या घटिरहेपनि मृत्यु हुनेको संख्या भने घटेको छैन ।पछिल्लो २४ घण्टामा गत अप्रिल यताकै कम संक्रमित भएका छन् । भारतीय स्वास्थ्य मन्त्रालयले दिएको अपडेट अनुसार २४ घण्टामा ४ हजार १५७ जनाको मृत्यु भएको छ । त्यस्तै २४ घण्टामा २ लाख ८ हजार ९२१ संक्रमित भएका छन् ।
योसँगै भारतमा अहिले कुल मृत्यु हुनेको संख्या ३ लाख नाघेको छ । भारतमा अहिलेसम्म मृत्यु हुनेको संख्या ३ लाख ११ हजार ३८८ पुगेको छ ।
त्यस्तै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या २ करोड ७१ लाख नाघेको छ । अहिलेसम्म २ करोड ७१ लाख ५७ हजार ७९५ पुगेको छ ।
कोरोनाको दोस्रो लहर शुरु भएपछि पछिल्ला दिनहरुमा भारतमा दैनिक संक्रमित भन्दा संक्रमण मुक्त हुने धेरै देखिएको छ । पछिल्लो २४ घण्टामा २ लाख ८ हजार संक्रमित भएका छन् भने २ लाख ९५ हजार संक्रमण मुक्त भएका छन् ।
त्यस्तै भारतमा अहिलेसम्म २ करोड ४३ लाख ५० हजार ८१६ जना संक्रमण मुक्त भएका छन् । त्यस्तै अहिले भारतमा २४ लाख ९५ हजार ५९१ कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।
त्यस्तै भारतमा अहिलेसम्म कुल ३३ करोड २५ लाख ९४ हजार १७६ नमुना परिक्षण गरिएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा २० लाख ५८ हजार ११२ नमुना परिक्षण गरिएको इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चले जानकारी दिएको छ ।
त्यस्तै भारतमा अहिलेसम्म कुल २० करोड ६ लाख ६२ हजार ४५६ जनाले कोरोनाको खोप लगाएका छन् ।