भोज प्रसाद श्रेष्ठ बने लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री

बुटवल । मुख्यमन्त्री शंकर पोखरेलको शिफारिसमा प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवले मन्त्रिपरिषद बिस्तार गरेका छन ।
मंगलबार गरिएको बिस्तारमा केही मन्त्रीहरुको ज्रिम्मेवारी हेरफेर समेत गरिएको छ ।

यो बिस्तार पुर्नगठन पछिको तेश्रो पटक हो ।
बिस्तार भएको मन्त्री परिषदमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ स्वास्थ्य तथा जनसंंख्या मन्त्री भएका छन भने अर्घाखांचीका चेतनारायण आचार्य आन्तरिक मामिला तथा कानून मन्त्री भएका छन ।

यसका साथै सूर्य चुनाव चिन्ह लिएर स्वतन्त्र उम्मेदवारको रुपमा निर्वाचित कपिलबस्तुका धर्मलाल प्रसाद श्रीवास्तवलाई शिक्षा तथा सामाजिक बिकास मन्त्रालयको जिम्मेवारी दिईएको छ ।

त्यसैगरी यस अघि मन्त्री परिषदमा सहभागी मन्त्रीहरुको जिम्मेवारी हेरफेर गरिएको छ । यस अघि स्वास्थ्य तथा जनसख्या मन्त्री रहेका हरि रिजाललाई ग्रामिण तथा सहरी बिकास मन्त्रालय,यस अघि सामाजिक तथा शिक्षा मन्त्री रहेकी कल्पना पाण्डेलाई उद्योग तथा बातावरण मन्त्रालयको जिम्मेवारी दिईएको छ ।

 
 
  
 

You may also like