पत्रकार महासंघलाई केमिकल एण्ड मेडिकल सप्लायर्सले गर्‍यो स्वास्थ्य सामाग्रि सहयोग

बुटवल । सर्जीकल व्यबसायीहरुको संस्था केमिकल एण्ड मेडिकल सप्लायर्स अफ नेपाल लुम्बिनी शाखाले पत्रकारहरुको लागि स्वास्थ्य सुरक्षा सामाग्रि प्रदान गरेको छ । केमिकल एण्ड मेडिकल सप्लायर्स अफ नेपालले नेपाल पत्रकार महासंघ रुपन्देही शाखा मार्फत फ्रन्ट लाईनमा बसेर काम गर्ने रुपन्देहीका पत्रकारहरुलाई स्वास्थ्य सुरक्षा सामाग्रि मास्क प्रदान गरेको हो ।

केमिकल एण्ड मेडिकल सप्लायर्स अफ नेपाल लुम्बिनी शाखाका पदाधिकारीहरु नेपाल पत्रकार महासंघ रुपन्देहीको कार्यालयमा गएर उक्त सामाग्रि महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेललाई हस्तान्त्रण गरिएको केमिकल एण्ड मेडिकल सप्लायर्स अफ नेपाल लुम्बिनी शाखाका महासचिव बिजय आचार्यले जानकारी दिनुभयो ।

त्यस अवसरमा बोल्दै नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले फ्रन्टलाईनमा खटिएर काम गर्ने पत्रकारहरुलाई वितरण गरिने बताउनु भयो । उहाँले यस अगागि औषधि व्यबसायी संघ रुपन्देहीले पनि मास्क र सेनिटाईजर प्रदान गरेको जानकारी गराउँदै जे जति पुग्छ सबैलाई मिलाएर वितरण गरिने बताउनु भयो । उहाँले स्वास्थ्य सुरक्षा सामाग्रि प्रदान गरेकामा धन्यवाद व्यक्त गर्दै केमिकल एण्ड मेडिकल सप्लायर्स अफ नेपालसंघको संस्थागत सम्बन्ध र सहकार्य आगामी दिनमा पनि निरन्तर रहिरहने आशा र विश्वास व्यक्त गर्नुभयो ।
त्यस्तैगरी केमिकल एण्ड मेडिकल सप्लायर्स अफ नेपाल लुम्बिनी शाखाका अध्यक्ष विष्णु भण्डारीले कोरोना भाईरस महामारीको कारण सबै क्षेत्रका पेशार्की र व्यबसायी समस्यामा परेको बताउँदै फ्रण्ट लाईनमा बसेर काम गर्ने पत्रकारहरुको लागि संस्थाले संस्थागत रुपमा सहयोग गरिएको र आगामी दिनमा पनि संस्थाको तर्फबाट नियमित रुपमा सहकार्य भईनै रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष बिश्वास ढकाल, सचिव बिनोद परियार, कोषाध्यक्ष सञ्जय सौगात, केमिकल एण्ड मेडिकल सप्लायर्स अफ नेपाल लुम्बिनीका उपाध्यक्ष बाबुराम भण्डारी, महासचिव विजय आचार्य लगायतको सहभागिता रहेको थियो ।

 

 
 
  
 

You may also like