प्रदेश सरकारहरुको हर्कतले संघीय लोकतान्त्रिक गणतन्त्र निर्वस्त्र : कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले गणतन्त्र अनैतिक, भ्रष्ट र ठगहरूको साधन बनेको आरोप लगाएका छन् ।

उनले कर्णाली, गण्डकी र लुम्बिनी सरकार बचाउन गरिएका हर्कतले संघीय लोकतान्त्रिक गणतन्त्र निर्वस्त्र भएको बताए । अध्यक्ष थापाले ट्वीटमार्फत भनेका छन्, ‘कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश सरकार हटाउन र जोगाउन जे जस्ता अमर्यादित हर्कत भैरहेका छन्, त्यसले संघीय लोकतान्त्रिक गणतन्त्रलाई निर्वस्त्र तुल्याएको छ ।’

उनले संघीयता बोझ मात्र होइन, राजनीतिक विकृतिको भण्डार साबित भएको बताएका छन् । अध्यक्ष थापाले गणतन्त्र अनैतिक, भ्रष्ट र ठगहरूको साधन बनेको छ भन्दै पुनर्विचार गर्न ढिला नगरौं भनी आव्हान गरेका छन् ।

 
 
  
 

You may also like