रुपन्देहीमा थप २०४ जनामा कोरोना संक्रमण पुष्टि , बुटवल मात्रै संक्रमितको संख्या ९६

बुटवल ।रुपन्देहीमा थप  २०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ  । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार  ८२ जना महिला र १२२ जना पुरुष थपिएका छन् ।

जिल्ला स्वास्थ्यका अनुसार   बुटवल उपमहानगरपालिकामा  ९६ जना , तिलोत्तमा नगरपालिकामा ५०जना, सिद्धार्थनगर नगरपालिकामा ३० जना, सैनामैना नगरपालिकामा १० जना, ओमसतिया गाउँपालिकामा ५ जना, गैडहवा गाउँपालिकामा ४ जना, मायादेवी गाउँपालिका र सम्मरीमाई गाउँपालिकामा २/२ जना तथा सियारी गाउँपालिका, रोहिणी गाउँपालिका लुम्बिनी साँस्कृतिक नगरपालिका र देवदह नगरपालिकामा १/१ जनामा संक्रमण पुष्टि भएको छ ।

जिल्लामा हाल १ हजार २४६ जना संक्रिय संक्रमितहरु रहेका छन्। रुपन्देहीमा १७३ जनाको कोरोना संक्रमणबाट मृत्यु भईसकेको छ ।

 
 
  
 

You may also like